मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक भेटियो मानव कंकाल

७ महिना अगाडि बेपत्ता पर्यटकको हुन सक्ने अनुमान

पाेखरा | साउन १९, २०८१

मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक भेटियो मानव कंकाल मानव लासको अवशेष: खुट्टाको हड्डी र मोबाइल फोन कपडा

पोखरा:   कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थित मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक मानव कंंकाल फेला परेको छ । 


मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक रहेको निगालोको घारी नजिक मानव कंकाल भेटिएको माछापुच्छ«े गाउँपालिका–९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । 


‘मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक रहेको निगालो घारी नजिक मावन लासको अवशेष फेला परेको भन्दै स्थानीय भेडिगोठका सञ्चालक गोविन्द गौतमले फोन गर्नुभएको थियो, गौतमको भनाई उद्धत गर्दै वडाध्यक्ष क्षेत्रीले भने, ‘मावन लासको अवशेष फेला परेको सूचना आएपछि कास्की प्रहरी र गाउँपालिकालाई खवर गरेको छु छिटै नै अवशेष फेला परेको स्थानमा समन्वय गरेर जान्छौं ।’


वडाध्यक्ष क्षेत्रीले वेस क्याम्प पुग्न २ दिन लाग्ने र मौसममा आएको परिवर्तनका कारण चुनौती भएकाले सुरक्षा निकाय र गाउँपालिकासँग समन्वय गरेर बेस क्याम्प तर्फ लाग्ने बताए । 


‘मर्दी हिमालको वेस क्याम्प पुग्न यहँ करिव २ दिन लाग्छ, मौसमका कारण सबैसँग समन्वय गरेर जानुपर्छ, कास्की प्रहरीलाई खवर गरेको छु’, उनले भने, ‘मानव लासको अवशेष भेटिएको स्थान मर्दि हिमाल वेस क्याम्पको मुख्य बाटो भन्दा १२ सय मिटर पूर्व मर्दी खोलाका उद्गम स्थल माथि पर्ने लाम डाडाको खोँचमा हो ।’


उनले मर्दी हिमाल वेस क्याम्प नजिक भेटिएको मानव लासको अवशेष २०८० पुस १४ गते देखि हराएका विदेशी नागरिक स्विडेनका मिचेल लुई ब्लम्बर्ज हुन सक्ने अनुमान गरे । 


गत पुस १४ गतेदेखि मर्दी हिमाल पदयात्राको क्रममा स्विडेनका नागरिक बेपत्ता छन् । एक्लै पदयात्रामा रहेका स्विडेनका नागरिकलाई भालुले आक्रमण गरेको हुन सक्ने वडाध्यक्ष क्षेत्री आशंका गरे । 


मर्दी हिमाल पदयात्राको क्रममा बेपत्ता भएको विदेशी नागरिक मिचेलको खोजी कार्य भएपनि उनको अवस्था अहिले सम्म अज्ञात छ । 


मर्दी हिमालको वेस क्याम्प नजिक  खुट्टाको हाड कपडा र मोबाइल मात्र भेडा गोठालाले हिजो मात्र फेला पारेको वडाध्यक्ष क्षेत्रीले बताए । 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्